काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलन हुने
काठमाडौँ — गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको गणित शिक्षा केन्द्रीय विभागको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलन काठमाडौँमा आयोजना हुने भएको छ। आगामी मंसिर ११ देखि १३ गते (नोभेम्बर २७ देखि २९) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना हुने यस तीन दिने सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन्।
गणित शिक्षा परिषद् नेपालका अध्यक्ष डा. रमेशप्रसाद अवस्थीका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, सिंगापुर र मलेसियाका प्राध्यापक, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, पाठ्यक्रमविद् तथा गणित विशेषज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सन् २०१७ मा पहिलो र सन् २०२३ मा दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि आयोजकले गणित शिक्षामा रुचि राख्ने सम्पूर्ण इच्छुक व्यक्ति तथा संस्थाहरूलाई आह्वानसमेत गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्