नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय पुग्यो
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसदिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मङ्गलबार पनि सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो। अघिल्ला दिनहरूदेखि नै निरन्तर उकालो लागिरहेको सुनको मूल्यले स्थानीय बजारमा नयाँ उचाइ कायम गर्दै उपभोक्ता तथा व्यवसायीहरूको ध्यान आकर्षित गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्