इजिप्टको अलेक्जान्ड्रिया समुद्रमुनि प्राचीन दीपस्तम्भको चित्र कुँदिएको औंठी फेला
अलेक्जान्ड्रिया (इजिप्ट) — झन्डै २३ सय वर्षअघि इजिप्टको अलेक्जान्ड्रिया बन्दरगाहमा निर्माण गरिएको र प्राचीन विश्वका ७ आश्चर्यमध्ये एक मानिने विशाल 'फारोस दीपस्तम्भ' को आकृति कुँदिएको एउटा दुर्लभ काँस्यको औंठी समुद्रको पिँधमा फेला परेको छ। फ्रान्सेली जल पुरातत्त्वविद फ्रांक गोडियो नेतृत्वको युरोपेली जलमग्न पुरातत्त्व अनुसन्धान संस्थान (आइइएएसएम) ले भूमध्य सागरस्थित अलेक्जान्ड्रियाको प्राचीन बन्दरगाहमा रहेको एन्टिरोडोस टापुको दरबार क्षेत्रबाट उक्त औंठी फेला पारेको हो।
इतिहासमा हराइसकेको त्यो विशाल दीपस्तम्भ शताब्दीयौंसम्म जहाजलाई बाटो देखाएपछि भुइँचालोका कारण क्षतिग्रस्त हुँदै अन्ततः नष्ट भएको थियो। हालै फेला परेको यो औंठी सामान्य गहना मात्र नभएर छाप लगाउन प्रयोग गरिने 'सिग्नेट रिङ' हो। अनुसन्धानकर्ताहरूका अनुसार अलेक्जान्ड्रियाको दीपस्तम्भको चित्र भएको यस्तो औंठी भेटिएको यो पहिलो उदाहरण हो। यसले प्राचीन संरचनाको स्वरूपबारे थप ऐतिहासिक प्रमाण थपेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्