Logo

विवादका कारण एनभिडियाको बजार मूल्यमा ५५० अर्ब डलरको गिरावट, वाणिज्यमन्त्रीमाथि समेत छानबिन

ललित सन्देश २०८३ कार्तिक २७, ९:४० AM
विवादका कारण एनभिडियाको बजार मूल्यमा ५५० अर्ब डलरको गिरावट, वाणिज्यमन्त्रीमाथि समेत छानबिन

वासिङ्टन — सीईओ जेन्सेन हुआङको व्यक्तिगत र व्यावसायिक विवाद सतहमा आएसँगै पछिल्लो पाँच दिनमा एनभिडियाको सेयर बजार मूल्यमा ५५० अर्ब अमेरिकी डलरको भारी गिरावट आएको छ। २७ वर्षअघि सार्वजनिक निष्कासनमा गएयता एनभिडियाले भोगेको यो नै सबैभन्दा ठूलो पाँचदिने गिरावट हो। केही साताअघिसम्म उच्च विन्दुमा रहेको कम्पनीको बजार मूल्य अहिले समग्र प्रविधि क्षेत्रको अनिश्चिततासँगै ३१ प्रतिशतले ओरालो लागेको छ।

अर्कोतर्फ, चीनमा संवेदनशील एआई चिप्स निर्यात गर्ने विषयमा अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकमाथि समेत छानबिन सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले वाणिज्यमन्त्री लुटनिकले चीनमा उन्नत एआई चिप्स निर्यात प्रतिबन्ध कडा पार्ने प्रयासलाई रोकेको आरोप लगाएपछि सिनेटको बैंकिङ समितिले उनलाई पनि डिसेम्बरमा बयानका लागि बोलाएको छ। वाणिज्य मन्त्रालयले भने लुटनिक समितिमा उपस्थित हुन सहमत भइसकेको जनाएको छ।

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनाहरू चुहावट भएको कुनै आधार नदेखिएको दाबी गर्दै स्वतन्त्र छानबिन गरिरहेको जनाएको छ। यद्यपि, हुआङको कम्पनीकै लामो समयदेखिकी कार्यकारी किम्बर्ली पावेलसँग समेत दोस्रो सम्बन्ध रहेको खबर बाहिरिएपछि कम्पनीभित्रका कर्मचारीहरू समेत आश्चर्यचकित बनेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्