Logo

छठ पर्वको भोलिपल्ट सार्वजनिक बिदा भए पनि राजस्व संकलन कार्यालयहरू खुला रहने

ललित सन्देश २०८३ कार्तिक ३०, ४:३७ AM
छठ पर्वको भोलिपल्ट सार्वजनिक बिदा भए पनि राजस्व संकलन कार्यालयहरू खुला रहने

काठमाडौँ — सरकारले सोमबार सार्वजनिक बिदा दिए तापनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू भने खुला रहने भएका छन्। करदाताहरूलाई विशेष सहजीकरण प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कार्यालयहरू खुला राख्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले आइतबार छठ पर्व परेका कारण त्यसको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, सोही दिन कात्तिक महिनाको मसान्त पर्ने भएकाले राजस्व परिचालनको कार्य प्रभावित नहोस् भनी विभागले विशेष व्यवस्था मिलाएको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्