Logo

मुकुल ढकाल र निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिँदै

ललित सन्देश २०८३ मंसिर ३, ९:४५ AM
मुकुल ढकाल र निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिँदै

विराटनगर / काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक सहमति तथा तयारीसँगै आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्ने निर्णय गरेका हुन्।

रास्वपा स्थापनाकालदेखिको राजनीतिक यात्रामा चर्चामा रहँदै आएका ढकाल र पार्टीको केन्द्रीय नेतृत्व तथा संसद्मा सक्रिय डाँगीबीचको व्यक्तिगत सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चासोको विषय बन्दै आएको थियो। डाँगी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। दुवै नेताले लामो समयको सम्बन्धलाई औपचारिक रूपमा दाम्पत्य जीवनमा रूपान्तरण गर्न लागेसँगै राजनीतिक तथा सामाजिक वृत्तमा यो विषयले विशेष चर्चा पाएको छ। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्