Logo

सडक डिभिजन काठमाडौँद्वारा चार महिनामा २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

ललित सन्देश २०८३ मंसिर ३, १०:२७ AM
सडक डिभिजन काठमाडौँद्वारा चार महिनामा २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ — सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा उपत्यकाका विभिन्न मुख्य तथा सहायक सडकखण्डमा रहेका २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक महिनासम्मको अवधिमा उक्त परिमाणको सडक मर्मत कार्य सम्पन्न गरिएको हो।

वर्षायाममा पानी जम्ने तथा सवारी चापका कारण जीर्ण बनेका सडकहरूलाई लक्षित गरी कार्यालयले नियमित र आकस्मिक मर्मत अभियान सञ्चालन गरेको थियो। विशेषगरी व्यस्त चोक र मुख्य राजमार्गका खाल्डाखुल्डी पुरिएसँगै सवारी दुर्घटनाको जोखिम कम हुनुका साथै सडकको स्तरोन्नतिमा टेवा पुगेको कार्यालयले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्