यूएई १२१ रनमा समेटियो, नेपाललाई १२२ रनको लक्ष्य
दोहा (कतार) — एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसामु जितका लागि १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा अलआउट हुँदै १२१ रनमा समेटिएको हो।
नेपाली बलरहरूको कसिलो आक्रमणसामु यूएईका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्। यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रनको योगदान दिए भने हरप्रित सिंहले ३२ रन तथा नोरुल्लाह अयोबीले १२ रन जोडे। यी तीन ब्याटरबाहेक यूएईका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा टोली सस्तैमा समेटिएको हो। पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालका लागि प्रतियोगितामा पहिलो जित दर्ता गर्न यो सहज लक्ष्य अवसरका रूपमा देखिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्