Logo

तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले पायो भारतका पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

ललित सन्देश २०८३ मंसिर ७, ८:१९ AM
तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले पायो भारतका पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

नयाँ दिल्ली / काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतका थप दुई ठूला बन्दरगाह प्रयोग गर्ने पहुँच प्राप्त गरेको छ। नयाँ दिल्लीमा सोमबार दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह उपयोग गर्न दिने घोषणा गरेका हुन्।

नेपालले हालसम्म तेस्रो मुलुकसँगको सामुद्रिक व्यापारका लागि पश्चिम बंगालका कोलकाता र हल्दिया तथा आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह मात्रै प्रयोग गर्दै आएको थियो। एउटै रुटमा पर्ने कोलकातामा साना र हल्दियामा ठूला जहाज आउने भएकाले यी दुईलाई नेपालले एउटै बन्दरगाहका रूपमा प्रयोग गरिरहेको थियो। व्यापारिक लागत घटाउन र पारवहन विकल्प विस्तार गर्न लामो समयदेखि थप बन्दरगाह माग गर्दै आएको नेपालका लागि पारादीप र कान्डला बन्दरगाहको पहुँचलाई पारवहन क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्