सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारणगृह परियोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त शिलान्यास
काठमाडौँ / नयाँ दिल्ली — प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा ग्रीनफिल्ड क्षेत्रीय टर्मिनल (भण्डारणगृह) निर्माण परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्। नेपाल र भारत सरकारबीचको द्विपक्षीय समझदारीअनुसार अघि बढाइएको उक्त रणनीतिक ऊर्जा परियोजनाको सोमबार नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत शिलान्यास गरिएको हो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ कुल लागत अनुमान गरिएको यस परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ, जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर भाग पर्छ। पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड र टर्मिनलतर्फ ६ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ। निगमको आफ्नै स्वामित्वमा रहेको २३ बिघा ३ कठ्ठा १३ धुर जग्गामा निर्माण हुने १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित भण्डारणगृहमा पेट्रोलका लागि २ हजार २०० किलोलिटरका तीनवटा र डिजेलका लागि ४ हजार १०० किलोलिटरका तीनवटा भर्टिकल ट्याङ्क राखिनेछन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी मोदीद्वारा ‘सरयू–कमला एक्सप्रेस’ अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन
2 घण्टा अगाडि
तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले पायो भारतका पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति
2 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्