Logo

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, पहिलो दिन पाँच खेल मैदानमा उत्रिँदै

ललित सन्देश २०८३ मंसिर ८, ४:३४ AM
दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, पहिलो दिन पाँच खेल मैदानमा उत्रिँदै

काठमाडौँ — नेपाली खेलकुदको सबैभन्दा ठूलो महाकुम्भ मानिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका विभिन्न खेलहरू आज (मंगलबार) देखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते हुने तय भए तापनि खेल तालिकाको व्यवस्थापनका कारण पाँचवटा खेलका प्रतिस्पर्धा आजैदेखि सञ्चालन गर्न लागिएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार प्रतियोगिताको प्रारम्भिक चरणमा आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेलका प्रतिस्पर्धाहरू सुरु हुँदैछन्। आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा भव्य समारोहबीच औपचारिक उद्घाटन हुने यस प्रतियोगिता मंसिर २७ गते सम्पन्न हुनेछ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्