लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, विश्वभरका भिक्षु र विद्वान्को सहभागिता।
लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ। विश्वभरका बौद्ध भिक्षु, विद्वान् र अनुयायीहरूको सहभागिता रहेको सम्मेलनमा बुद्धको शिक्षा र शान्तिको सन्देशमाथि विमर्श हुनेछ।
प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन गर्दै लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रूपमा विकास गर्ने योजना सुनाए। विभिन्न देशका बौद्ध धर्मगुरुहरूले लुम्बिनीको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्