Logo

उपसभापति र महामन्त्रीमा चन्द्र भण्डारी र प्रदीप पौडेल लोकप्रिय

ललित सन्देश २०८३ आश्विन २५, १२:५८ PM
उपसभापति र महामन्त्रीमा चन्द्र भण्डारी र प्रदीप पौडेल लोकप्रिय

काठमाडौँ। नेपाली काँग्रेसको निर्वाचनमा सभापति गगनकुमार थापापछि उपसभापति चन्द्रकान्त भण्डारी र महामन्त्री प्रदीप पौडेलले लोकप्रिय मत ल्याएका छन् । ४ हजार १०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि भएको निर्वाचनको मतगणनामा उपसभापति, महामन्त्री तथा महिला महामन्त्रीतर्फका उम्मेदवारहरूले मत प्राप्त गरेका छन्।

उपलब्ध मतगणना विवरणअनुसार उपसभापतिको खुलातर्फ डा। चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्। त्यस्तै, ई। मधु आचार्यले १ हजार २७८, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।
उपसभापति समावेशीतर्फको मतपरिणाम

उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा बिनोदकुमार चौधरीले १ हजार २६, जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मंसुरले ५६५ र रंजीत कर्णले ३११ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेललाई २ हजार ३९१ मत

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गरेका छन्। त्यस्तै, उदयशमशेर राणाले १ हजार ३३३, डा। सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा। सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फ डिला संग्रौलालाई बढी मत

महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रीता खनालले ४२० मत प्राप्त गरेकी छन्।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्