आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने असान्दर्भिक कानुन खारेज र संशोधन गरिँदै
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने तथा व्यवसायको लागत बढाउने असान्दर्भिक कानुनहरूको खारेजी र संशोधन प्रक्रिया अघि बढाइएको बताउनुभएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज (सोमबार) ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले अनावश्यक नियन्त्रणमुखी र दुरुपयोग हुन सक्ने पुराना कानुन परिमार्जन गर्न लागिएको स्पष्ट पार्नुभएको हो।
उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन (आर्थिक सुधारको मार्गचित्र, २०८१) र आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको घोषणाबमोजिम अर्थतन्त्रलाई चलायमान बनाउन कानुनी गाँठा फुकाउन लागिएको मन्त्री गौतमले बताउनुभयो। विधेयकमा थप सुधार गर्नुपर्ने विषयवस्तु भए संसदीय समितिमा खुला छलफल गर्न सरकार तयार रहेको उहाँको भनाइ छ। यसअघि बैठकको सुरुमा सम्बन्धित विभागीय मन्त्रीको उपस्थिति नभएको भन्दै समिति सदस्यहरूले ध्यानाकर्षण गराएपछि सभापति डा. कृष्णहरि बुढाथोकीले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेन शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता
29 मिनेट अगाडि
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारणगृह परियोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त शिलान्यास
1 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्