प्रधानमन्त्री बालेन शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता
नयाँ दिल्ली — भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (सोमबार) भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग द्विपक्षीय मित्रवत् सम्बन्ध, ऐतिहासिक तथा सांस्कृतिक निकटता र आपसी सद्भावका विविध आयाममा केन्द्रित रहेर भेटवार्ता गर्नुभएको हो।
यसअघि आजै बिहान राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक 'गार्ड अफ अनर' सहित भव्य स्वागत गरिएको थियो। हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँगको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता, विभिन्न विकास परियोजनाको शिलान्यास तथा उद्घाटन र दिवाभोजपश्चात् प्रधानमन्त्री शाहले भ्रमणको औपचारिक तालिकाअनुसार राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको हो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने असान्दर्भिक कानुन खारेज र संशोधन गरिँदै
26 मिनेट अगाडि
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारणगृह परियोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त शिलान्यास
1 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्