दशैं–तिहारमा घरमै नेपाली फिल्म, सिनेमाघरले ल्यायो मुभी मेला
काठमाडौँ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै नेपाली चलचित्रको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दशैं–तिहार मुभी मेला’ सञ्चालनमा ल्याएको छ। मेलाअन्तर्गत दर्शकले चर्चित नेपाली चलचित्र घरमै बसेर डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।
सिनेमाघरले सार्वजनिक गरेको जानकारीअनुसार ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ लगायतका चलचित्र प्लेटफर्ममा स्ट्रिमिङका लागि उपलब्ध छन्।
लामो बिदामा परिवार तथा साथीभाइसँग बसेर नेपाली चलचित्र हेर्न चाहने दर्शकलाई लक्षित गरी मेला आयोजना गरिएको हो। चलचित्र हेर्नका लागि दर्शकले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट ‘सिनेमाघर’ एप डाउनलोड गर्न सक्नेछन्। स्मार्टफोन र ट्याब्लेटका अतिरिक्त कम्प्युटरमा वेब ब्राउजरमार्फत पनि चलचित्र हेर्न सकिने व्यवस्था छ।
ठूलो पर्दामा चलचित्र हेर्न चाहने दर्शकका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएसमा समेत एप उपलब्ध छ। मोबाइलबाट क्रोमकास्ट प्रयोग गरी टेलिभिजनमा चलचित्र हेर्न सकिने सुविधा पनि प्लेटफर्मले दिएको छ।
दर्शकलाई उच्च गुणस्तरको दृश्य अनुभव उपलब्ध गराउने उद्देश्यले सिनेमाघरले फोरके (4K) स्ट्रिमिङ सुविधा पनि सञ्चालनमा ल्याएको छ। यसले उपयुक्त उपकरण र इन्टरनेट सुविधासहित चलचित्र हेर्न चाहने दर्शकलाई थप स्पष्ट दृश्यको अनुभव दिन्छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्