Logo

१ हजार करोड क्लबमा ‘रामायण’ दशौँ भारतीय चलचित्र, तीव्र कमाई गर्ने सूचीमा तेस्रो स्थान

ललित सन्देश २०८३ कार्तिक २७, ८:०० AM
१ हजार करोड क्लबमा ‘रामायण’ दशौँ भारतीय चलचित्र, तीव्र कमाई गर्ने सूचीमा तेस्रो स्थान

मुम्बई — बलिउड अभिनेता रणवीर कपुर अभिनित बहुप्रतीक्षित चलचित्र ‘रामायण’ ले प्रदर्शनको आठौँ दिनमै विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ (भारु) को ऐतिहासिक आँकडा पार गरेको छ। नितिश तिवारीको निर्देशनमा बनेको यस पौराणिक महाकाव्यमा आधारित चलचित्रले प्रदर्शनको पहिलो सातामै दर्शकहरूको अभूतपूर्व साथ पाउँदै सानदार व्यापार गर्न सफल भएको हो।

गत बिहीबारदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको यस चलचित्रले तिहार र त्यसपछिका लगातारका सार्वजनिक बिदाहरूको भरपूर फाइदा उठाउँदै आठ दिनभित्रै यो कीर्तिमान कायम गरेको हो। घरेलु भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बक्स अफिसमा समेत चलचित्रले आक्रामक कमाई गरिरहेको छ।

रणवीर कपुरसँगै साई पल्लवी, यश र रवि दुबे लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको यस चलचित्रले प्रदर्शनको सुरुवाती दिनदेखि नै टिकट काउन्टरमा बलियो पकड जमाएको थियो। पौराणिक कथावस्तु, भव्य दृश्य र उत्कृष्ट प्रस्तुतिले गर्दा पारिवारिक दर्शकहरूको ठूलो भिड हलसम्म तानिएको व्यापार विश्लेषकहरूले बताएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्