रुपन्देहीमा देउसी–भैलोका क्रममा अश्लील नृत्य प्रदर्शन: दुई महिला पक्राउ
रुपन्देही — तिहारको अवसरमा सञ्चालित देउसी–भैलो कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील तथा अमर्यादित नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सुरक्षा निकायले कडा कदम चाल्दै उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्। तिहारको सांस्कृति पर्वलाई विकृत बनाउने गरी सार्वजनिक स्थलमा अभद्र हर्कत र अश्लील प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई कानुनको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको छ।
चाडपर्वको नाममा हुने यस्ता विकृतिहरूले समाजमा नराम्रो असर पार्ने भन्दै स्थानीय बासिन्दाहरूले पनि प्रहरीको यस कदमको स्वागत गरेका छन्। प्रहरीले सार्वजनिक मर्यादाविपरीतका यस्ता गतिविधि गर्ने जोकोहीलाई छुट नदिइने स्पष्ट पारेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्