रेफर सेन्टर’ को रूपमा बङ्ग्याइने राप्ती प्रादेशिक अस्पताल: ५० शय्याको अनुमति तर १४१ शय्याबाट सञ्चालनको दबाब
तुलसीपुर (दाङ) — आवश्यक पूर्वाधार र उपकरणको अभावमा सामान्यदेखि गम्भीर बिरामीलाई समेत बाहिर रेफर गर्नुपर्दा स्थानीय स्तरबाट अस्पतालप्रति नकारात्मक दृष्टिकोण बन्ने गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. होदाले अस्पताललाई ‘रेफर सेन्टर’ भनेर व्यङ्ग्य गर्ने गरिएको दुखेसो पोखेका छन्।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि थप पहल आवश्यक छ। हाल ५० शय्याको मात्रै औपचारिक अनुमति रहेको यो अस्पतालले बिरामीको अत्यधिक चापका कारण १४१ शय्यामा सेवा विस्तार गरेर सञ्चालन गरिरहेको छ, जसले गर्दा व्यवस्थापनमा थप चुनौती थपिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्