सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा दिने सिद्धार्थ बैंकको नयाँ व्यवस्था
काठमाडौँ — सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई सेयर धितोको कुल मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ। व्यक्तिगत तथा व्यावसायिक आवश्यकता पूरा गर्नका लागि ल्याइएको यो कर्जा सुविधा बैंकका सबै शाखाहरू र डिजिटल माध्यमबाट प्राप्त गर्न सकिनेछ।
बैंकले वित्तीय सेवालाई सुरक्षित र भरपर्दो बनाउन चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रबाट समेत थप जानकारी उपलब्ध गराउने जनाएको छ। यो सुविधाले सेयर लगानीकर्ताहरूलाई आवश्यक परेका बेला तत्काल पुँजी जुटाउन ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्