प्रि-ओपन सेसनमा नेप्से ३.९० अंकले घट्यो, २६२६.८६ विन्दुमा कायम
काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको नियमित सेसन सुरु हुनुअघिको ‘प्रि-ओपन सेसन’ मा परिसूचक ओरालो लागेको छ। बुधबारको सो सेसनमा नेप्से परिसूचक ३.९० अंकले घटेर २६२६.८६ विन्दुमा अडिएको छ।
उक्त समयमा सूचीकृत ५९ वटा कम्पनी (स्क्रिप्स) को ६७ हजार ४३१ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसमा कुल ४ करोड ४४ लाख २४ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएकामध्ये १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १० वटा कम्पनीको सेयर मूल्य भने अपरिवर्तित रहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्