तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी ३ हजार ९८० पुग्यो
काठमाडौँ — अघिल्लो दिनको तुलनामा बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। मंगलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन अर्थात् मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बुधबार नयाँ दरभाउ निर्धारण भएसँगै छापावाल सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९८० रुपैयाँ पुगेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्