Logo

लुम्बिनीकी सांसद अम्बिका काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

ललित सन्देश २०८३ कार्तिक ११, ५:५६ AM
लुम्बिनीकी सांसद अम्बिका काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

तुलसीपुर (दाङ) — लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध जिल्ला अदालत दाङमा किर्ते तथा जालसाजीको मुद्दा दायर गरेकी छिन्। मंगलबार अदालतमा दर्ता गरिएको फिरादपत्रमा उनले आफूलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रयोग गरिएको पत्र किर्ते र अनधिकृत रहेको दाबी गरेकी हुन्।

मुद्दा दायर गरिएकाहरूमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झा रहेका छन्। काफ्लेले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ बमोजिम दोषीहरूमाथि कानुनी कारबाहीको माग गर्दै विवादित पत्रमा प्रयोग गरिएको लेटरहेड, छाप र हस्ताक्षरको फरेन्सिक परीक्षण गर्नसमेत अनुरोध गरेकी छिन्।

यसअघि सर्वोच्च अदालतले गत असोज ६ गते काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। सर्वोच्चको आदेशबाट पद जोगिए पनि किर्ते कार्यमा संलग्नलाई सजायको माग गर्दै उनी जिल्ला अदालत पुगेकी हुन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्