Logo

अदालतको आदेश लत्ताउँदै अमेरिका पुगे फ्लाभियो बोल्सोनारो

ललित सन्देश २०८३ कार्तिक ११, ६:०९ AM
अदालतको आदेश लत्ताउँदै अमेरिका पुगे फ्लाभियो बोल्सोनारो

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि मुद्दा र छानबिनको सामना गरिरहेका सिनेटर फ्लाभियो बोल्सोनारो सर्वोच्च अदालतको २४ घण्टे समयसीमा उल्लंघन गर्दै अमेरिका पुगेका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा देश छाडेर भाग्न सक्ने जोखिम औंल्याउँदै अदालतले उनको राहदानी जफत गर्ने आदेश दिएको थियो।

तोकिएको समयमा राहदानी नबुझाएपछि ब्राजिलियाली अधिकारीहरूले उनको राहदानी रद्द गरिदिएका छन्। तर, औपचारिक अध्यागमन नाका प्रयोग नगरी फ्लाभियो कसरी अमेरिका पुगे र अमेरिकाले उनलाई कसरी भिसा दियो भन्ने विषयमा ब्राजिलको संघीय प्रहरीले छानबिन थालेको छ।

आगामी फेब्रुअरीमा सिनेटरको कार्यकाल सकिएसँगै उनले पाउँदै आएको संवैधानिक उन्मुक्ति गुम्ने भएकाले उनी कानुनी कारबाहीबाट बच्न भागेको विश्लेषण गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्