नेकपाका केन्द्रीय सदस्य काशीराम यादवले छाडे पार्टी
कपिलवस्तु — जनयुद्धकालदेखि नै परिवर्तन र समानताका लागि सङ्घर्ष गर्दै आएका नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता काशीराम यादवले पार्टीसँगको लामो सहयात्रा अन्त्य गरेका छन्। प्रदेश सहसचिव हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका यादवले कात्तिक ८ गते पार्टी नेतृत्वसमक्ष औपचारिक राजीनामा पेस गरेका हुन्।
आफ्नो राजीनामा पत्रमा उनले पार्टीमा रहँदा प्राप्त सहयोग र सहकार्यका लागि नेतृत्व तथा सहयात्रीहरूप्रति आभार व्यक्त गरेका छन्। जनयुद्ध र पार्टी रूपान्तरणका क्रममा प्राप्त अनुभव र जनताको सेवाप्रतिको प्रतिबद्धता जीवनभर रहने उनले बताएका छन्।
पारिवारिक रूपमा फरक राजनीतिक दलीय आबद्धताका कारण उब्जिन सक्ने आशङ्कालाई विराम दिँदै निष्पक्ष रूपमा सामाजिक तथा राजनीतिक जीवनमा अघि बढ्न आफूले यो निर्णय लिएको उनले जनाएका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्