Logo

जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गरेको काठमाडौँको पावरप्लेमा मध्यम सुरुवात

ललित सन्देश २०८३ कार्तिक १२, ७:२६ AM
जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गरेको काठमाडौँको पावरप्लेमा मध्यम सुरुवात

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पाँचौँ खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा मध्यम सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँले पहिलो ६ ओभरको पावरप्ले समाप्त हुँदा ३ विकेट गुमाएर ३६ रन जोडेको छ।

काठमाडौँका लागि सुरुवाती ब्याटर साम ह्याजलेट पहिलो बलमै शून्य रनमा आउट भए भने हरिशंकर शाह ९ रन र साहिल पटेल १३ रन बनाएर पभिलियन फर्किए। हाल क्रिजमा भीम सार्की र रसिद खान टोलीको इनिङ्स सम्हाल्ने प्रयासमा रहेका छन्। सिजनको पहिलो खेल खेलिरहेको काठमाडौँ ठूलो योगफल खडा गर्ने लक्ष्यमा छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्