Logo

पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित

ललित सन्देश २०८३ कार्तिक १२, ४:३० AM
पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित

काठमाडौँ — नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो खेलको हार बिर्संदै उत्कृष्ट पुनरागमन गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो अङ्क जोडेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीमगरले सर्वाधिक ४० रनको अविजित पाली खेले पनि अन्य ब्याटरहरू चल्न सकेनन्। प्रतिउत्तरमा १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ८७ रनमै समेटिएको सुदूरपश्चिमले आजको म्याचमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै सहज जित निकाल्यो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्