Logo

नागढुङ्गा सुरुङमार्गमा प्रवेश र प्रस्थानका लागि छुट्टाछुट्टै शुल्क निर्धारण

ललित सन्देश २०८३ कार्तिक १२, ५:२१ AM
नागढुङ्गा सुरुङमार्गमा प्रवेश र प्रस्थानका लागि छुट्टाछुट्टै शुल्क निर्धारण

काठमाडौँ — नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनसँग टोल शुल्क (दस्तुर) उठाउने निर्णय गरेको छ। आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको निर्णयअनुसार दस्तुर सङ्कलन प्रक्रिया सुरु गर्न लागिएको जानकारी दिएको हो।

गत साउन ११ गते औपचारिक उद्घाटन भई सञ्चालनमा आएको यस सुरुङमार्गमा सवारी गुडाएबापत लिइने दस्तुर सरकारले अघिल्लो वर्षको चैत २६ गते नै राजपत्रमा सूचना प्रकाशित गरी तोकेको थियो। सवारीसाधनको प्रकार, क्षमता र काठमाडौँ उपत्यका प्रवेश गर्ने वा प्रस्थान गर्ने भन्ने आधारमा दस्तुरका दरहरू फरक-फरक कायम गरिएका छन्। यस व्यवस्थाले सुरुङमार्गको मर्मतसम्भार तथा सञ्चालन व्यवस्थापनमा सहयोग पुग्ने आयोजनाको भनाइ छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्