Logo

सूचना प्रविधिमा ६० प्रतिशत आयोजना तर पर्यटनमा सर्वाधिक ३७ प्रतिशत लगानी

ललित सन्देश २०८३ कार्तिक १३, ८:०७ AM
सूचना प्रविधिमा ६० प्रतिशत आयोजना तर पर्यटनमा सर्वाधिक ३७ प्रतिशत लगानी

काठमाडौँ — उद्योग विभागको तथ्याङ्क अनुसार पहिलो तीन महिनामा क्षेत्रगत रूपमा सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा सबैभन्दा बढी २५२ वटा आयोजना (कुल आयोजनाको ६० प्रतिशत) दर्ता भएका छन्, तर यी आयोजनामा ९२ करोड ८४ लाख रुपैयाँ मात्र प्रतिबद्धता आएको छ। दोस्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा १०८ वटा आयोजना (२६ प्रतिशत) दर्ता भए तापनि लगानीका हिसाबले सर्वाधिक ६ अर्ब ८ करोड रुपैयाँ (कुल प्रतिबद्धताको ३७ प्रतिशत) आकर्षित भएको छ। यस्तै ऊर्जा क्षेत्रले मात्र २ आयोजनामार्फत ४ अर्ब रुपैयाँ (२५ प्रतिशत), सेवा क्षेत्रले ३३ आयोजनामार्फत ३ अर्ब ५८ करोड रुपैयाँ र कृषि तथा वन क्षेत्रले २ आयोजनामार्फत ४ करोड रुपैयाँ भित्र्याएका छन्। खानी र पूर्वाधार क्षेत्रमा भने कुनै आयोजना दर्ता भएका छैनन्।

विभागले सोही महिनामा १ अर्ब ६९ करोड रुपैयाँ बराबरका १० वटा शेयर खरिद सम्झौता र २० वटा प्रविधि हस्तान्तरण सम्झौता स्वीकृत गरेको छ। यसैगरी लगानीकर्ता, प्रतिनिधि र उनीहरूमाथि आश्रित परिवारका लागि बिजनेस भिसा सिफारिस गर्नुका साथै २९ करोड ४५ लाख रुपैयाँ, ३ लाख ९८ हजार अमेरिकी डलर र २ करोड १७ लाख भारतीय रुपैयाँ बराबरको रोयल्टी फिर्ता (Repatriation) तथा १९ करोड ६४ लाख रुपैयाँ बराबरको लाभांश फिर्ताको स्वीकृति समेत दिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्