एपस्टिनको जन्मदिनको विवादित पत्र र ‘बद्नियत’ को कानुनी परीक्षण
न्यूयोर्क — सन् २००३ मा कुख्यात फाइनान्सर तथा यौन अपराधी जेफ्री एपस्टिनको ५० औँ जन्मदिनको अवसरमा तयार पारिएको एक विशेष 'बर्थडे बुक' मा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम र हस्ताक्षरसहित पठाइएको भनिएको विवादित पत्रको विषयलाई लिएर वाल स्ट्रिट जर्नलले खोजमूलक समाचार प्रकाशित गरेको थियो। उक्त पत्रमा "पहेली वा रहस्य कहिल्यै पुरानो हुँदैन" भन्ने ठट्टाका साथै नाङ्गो महिलाको हस्तलिखित रेखाचित्र कोरिएको र "साथी हुनु अद्भुत कुरा हो, जन्मदिनको शुभकामना र हरेक दिन अर्को अद्भुत रहस्य बनोस्" भन्ने सन्देश टाइप गरिएको थियो। ट्रम्पले भने उक्त पत्र र हस्ताक्षर पूर्ण रूपमा नक्कली भएको दाबी गर्दै पत्रिकाले आफूलाई बदनाम गराउन बद्नियतपूर्ण रूपमा समाचार छापेको आरोप लगाएका थियो।
अदालतले आफ्नो फैसलामा मानहानिसम्बन्धी अमेरिकी कानुनको उच्च मानक ‘एक्चुअल मालिस’ (Actual Malice - वास्तविक बद्नियत) को व्याख्या गर्दै ट्रम्पको दाबीलाई खारेज गरेको छ। कानुन अनुसार सञ्चार माध्यमले जानाजानी झुटो विवरण छापेको वा सत्यताको बेवास्ता गरी गैरजिम्मेवार रूपमा प्रस्तुत भएको प्रमाण पुग्नुपर्छ। ट्रम्पको कानुनी टोलीले 'आफूहरूले अस्वीकार गर्दागर्दै पनि पत्रिकाले समाचार छापेको' तर्क राखेको थियो।
तर न्यायाधीश गेल्सले फैसलामा भन्नुभएको छ, "यदि कुनै सार्वजनिक हस्ती वा उसको टोलीले खण्डन वा अस्वीकार गर्दा बित्तिकै पत्रकारलाई समाचार छाप्न रोक लगाउने हो भने, त्यो अमेरिकी नागरिकको आफ्ना विचार स्पष्ट रूपमा राख्न पाउने अधिकार र प्रेस स्वतन्त्रताको मर्म विपरीत हुनेछ।" एपस्टिनसँग सम्बन्धित संवेदनशील कागजातहरूलाई लिएर ट्रम्प प्रशासनले तीव्र द्विपक्षीय राजनीतिक आलोचना खेपिरहेका बेला जर्नलले यो अनुसन्धानमूलक विवरण सार्वजनिक गरेको थियो, जसलाई अदालतले कानुनसम्मत ठहराएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्