उपल्लो डोल्पामा भारी हिमपातका कारण अलपत्र ६ भारतीय पर्यटकको उद्धार
डोल्पा — हिमाली जिल्ला डोल्पाको दुर्गम मानिने उपल्लो डोल्पा क्षेत्रमा पदयात्राका क्रममा भारी हिमपातमा परी अलपत्र परेका भारतीय पर्यटकहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उपल्लो डोल्पाको उकालो तथा जोखिमयुक्त भूभागमा पर्ने डेनिन डाँडा आसपास क्षेत्रमा फसेका चालकसहित ६ जना भारतीय पर्यटकहरूलाई सेनाको टोलीले सुरक्षित रूपमा वायुसेवामार्फत उद्धार गरी सदरमुकाम दुनै पुर्याएको हो।
जिल्ला प्रशासन कार्यालय र स्थानीय सुरक्षा निकायको समन्वयमा सञ्चालित सो जटिल उद्धार अभियानपछि सबै पर्यटकहरूलाई दुनै ल्याइएको छ। भीषण हिमपात र खराब मौसमका कारण केही दिनदेखि सो क्षेत्रको बाटो अवरुद्ध हुँदा उनीहरू अघि बढ्न वा फर्कन नसकी बिचमै रोकिएका थिए। नेपाली सेनाको उद्धार टोलीले प्रतिकूल मौसमका बाबजुद उच्च जोखिम मोलेर पर्यटकहरूलाई सफलतापूर्वक उद्धार गरी सुरक्षा र राहतको प्रत्याभूति दिलाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्