रोजगारी र स्वरोजगार प्रवर्द्धनका लागि पोखरा महानगरको नयाँ कदम
पोखरा — मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्ने र युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलताप्रति आकर्षित गर्ने दीर्घकालीन उद्देश्यका साथ पोखरा महानगरपालिकाले यो विशेष तालिम कार्यक्रम अगाडि बढाएको छ। पछिल्लो समय श्रमबजारमा सीपयुक्त जनशक्तिको माग बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै महानगरले बजारको आवश्यकता अनुरुपका छ वटा विभिन्न व्यावसायिक क्षेत्रहरूलाई छनोट गरेको हो। छोटो अवधिका यी तालिमहरूले सहभागीहरूलाई सीप सिकेर तुरुन्तै रोजगारीमा आबद्ध हुन वा आफ्नै लघु उद्यम व्यवसाय सुरु गर्न सक्षम बनाउने विश्वास लिइएको छ।
तालिम समाप्तिपश्चात प्रशिक्षार्थीहरूलाई प्रमाणत्र वितरण गर्नुका साथै रोजगारदाताहरूसँग समन्वय गरी रोजगारीका अवसरहरूमा पहुँच पुर्याउन महानगरले सहजीकरण गर्नेछ। यस प्रकारका सीपमूलक कार्यक्रमहरूले पोखरा क्षेत्रमा आर्थिक गतिशीलता बढाउनुका साथै व्यावसायिक आत्मनिर्भरताको जग मजबुत पार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। महानगरपालिकाको यस सकारात्मक पहलले स्थानीय स्तरमा उत्पादनशील जनशक्ति तयार गर्न र युवा पलायनलाई रोक्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्