Logo

वरिष्ठ संगीतकार सुरेश अधिकारीको आकस्मिक उपचार

ललित सन्देश २०८३ कार्तिक १७, ८:०७ AM
वरिष्ठ संगीतकार सुरेश अधिकारीको आकस्मिक उपचार

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त वरिष्ठ संगीतकार तथा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। सोमबार पेटमा असह्य र तीव्र पीडा महसुस भएपछि उनलाई तत्काल उपचारका लागि ललितपुरको कुपण्डोलस्थित आरुस लाइफस्टाइल अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा गरिएको चिकित्सकीय परीक्षणका क्रममा उनको मिर्गौलामा तीनवटा पत्थरी रहेको पत्ता लागेको थियो।

रोगको प्रकृति र पीडाको तीव्रतालाई मध्यनजर गर्दै चिकित्सकहरूको विशेष टोलीले सोमबार साँझ नै उनको आकस्मिक शल्यक्रिया गरेको छ। गीतकार सुमन बैरागी पण्डितले दिएको जानकारी अनुसार उनको मिर्गौलामा देखिएका पत्थरीहरू शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरूको निगरानीमा आराम गरिरहनुभएको छ। नेपाली सुगम संगीतको श्रीवृद्धिसँग लामो समयदेखि आबद्ध संगीतकार अधिकारीको आकस्मिक स्वास्थ्य समस्या र सफल शल्यक्रियाको खबरले सांगीतिक क्षेत्रका स्रष्टा तथा शुभचिन्तकहरू चिन्तित बनेका थिए भने शल्यक्रिया सफल भएपछि सबैले राहत महसुस गरेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्