Logo

रावणलाई आदर्श नमान्न अभिनेता यशको सचेत गराउने प्रयास

ललित सन्देश २०८३ कार्तिक १५, ११:०५ AM
रावणलाई आदर्श नमान्न अभिनेता यशको सचेत गराउने प्रयास

मुम्बई/दक्षिण भारत — आफ्ना छोराले 'तपाईं खराब मान्छे हो?' भनी गरेको प्रश्नपछि अभिनेता यशले त्यसलाई केवल बेवास्ता गरेनन्, बल्कि आफ्ना बालकसँग गम्भीरतापूर्वक बसेर अभिनय र वास्तविक जीवनबीचको भिन्नता बुझाउने प्रयत्न गरे। छोरालाई सिनेमाको कलात्मक पाटो र पौराणिक कथाको यथार्थ बुझाउन उहाँले विभिन्न तस्बिरहरू र रेखाचित्र हरूको सहारा लिएका थिए। चित्रहरूको माध्यमबाट भगवान् राम र रावणबीचको चरित्रगत भिन्नता, धर्म र अधर्मको पाटो तथा असल र खराबको पहिचान प्रष्ट पार्दै अभिनेता यशले छोराको कौतूहल शान्त पारेका हुन्।

त्यति मात्र होइन, अभिनेता यशले आफ्ना छोरालाई रावणको पात्र केवल एक चलचित्रको अभिनय मात्रै भएको र यसलाई वास्तविक जीवनसँग कहिल्यै पनि जोड्न नहुने कुरा सम्झाएका थिए। उनले छोरालाई कथाका खलपात्र वा रावणको चरित्रलाई आफ्नो जीवनमा कहिल्यै पनि आदर्श वा रोलमोडल नमान्न सचेतसमेत गराएका छन्। एक जिम्मेवार पिताका रूपमा यशले आफ्नो छोराको बालमनोविज्ञानमा नकारात्मक प्रभाव पर्न नदिन अपनाएको यो सजगता र सुझबुझपूर्ण तरिकाको अहिले चारैतिर प्रशंसा भइरहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्