२६ करोडभन्दा बढी कलेक्सनसहित १० लाख टिकट नजिक
काठमाडौँ — नेपाली चलचित्र 'गौँथली' ले स्वदेशी बक्स अफिसमा कीर्तिमानी व्यापार गर्दै आफ्नो शीर्ष स्थान कायमै राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्ट अनुसार 'गौँथली' ले हालसम्म कुल २६ करोड ७५ लाख रुपैयाँ (रु २६०.७५ मिलियन) भन्दा बढीको व्यापार गरिसकेको छ। यो कमाइ नेपाली चलचित्र इतिहासमै घरेलु बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा उच्च आम्दानी हो।
दर्शकको उल्लेख्य साथ पाइरहेको यस चलचित्रले हालसम्म ९ लाख ४६ हजार ८६४ थान टिकट बिक्री गरिसकेको छ। ९ लाखभन्दा बढी दर्शकले हलसम्म पुगेर चलचित्र हेरिसकेकाले यो चलचित्र १० लाख (१ मिलियन) टिकट बिक्रीको ऐतिहासिक माइलस्टोन नजिक पुगेको छ। सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्मित 'गौँथली' ले देशभरका हलहरूमा लगातार आक्रामक व्यापार गर्दै घरेलु सिनेमाको क्षेत्रमा नयाँ कीर्तिमान खडा गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्