Logo

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको कारण खोज्न ५ सदस्य टोली क्रियाशील

ललित सन्देश २०८३ कार्तिक १८, १०:०४ AM
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको कारण खोज्न ५ सदस्य टोली क्रियाशील

काठमाडौँ — सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किनुको प्राविधिक तथा वातावरणीय कारणहरू खोतल्न नागरिक उड्डयन प्राधिकरणले गठित छानबिन समितिलाई विस्तृत कार्यादेश दिएको छ। निर्देशक प्रभाकरचन्द्र मल्लको नेतृत्वमा रहेको प्राविधिक टोलीले दुर्घटनास्थलको भौगोलिक स्थिति, मौसम, उडान प्राविधिक पक्ष र मानवीय त्रुटि जस्ता सम्भावित कारणहरूको सुक्ष्म विश्लेषण र अध्ययन गर्नेछ।

छानबिन समितिलाई दुर्घटनाको मूल कारण पत्ता लगाई भविष्यमा यस्ता प्रकृतिका हिमाली हवाई दुर्घटनाहरू दोहोरिन नदिनका लागि आवश्यक सुरक्षा सिफारिससहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। हिमाली क्षेत्रमा हुने उडान सुरक्षा र प्राविधिक मापदण्डलाई थप कडाइका साथ लागू गराउन समितिको प्रतिवेदन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्