Logo

हुलाकबाटै त्रिविका प्रमाणपत्र घरघरमा पुर्‍याइने

ललित सन्देश २०८३ कार्तिक १९, ८:४७ AM
हुलाकबाटै त्रिविका प्रमाणपत्र घरघरमा पुर्‍याइने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना शैक्षिक प्रमाणपत्रहरू हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीका घरघरमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ। विद्यार्थीहरूलाई सेवा लिन त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै विश्वविद्यालयले यो प्रविधिमैत्री र सहज प्रणाली लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार विद्यार्थीहरूले त्रिविको अनलाइन पोर्टलमा गएर आवश्यक कागजात अपलोड गरी हुलाकमार्फत प्रमाणपत्र प्राप्तिका लागि आवेदन दिन सक्नेछन्। यस कदमले टाढा-टाढाका जिल्लाबाट आउने विद्यार्थीहरूको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने नीतिअनुसार यो सेवा विस्तार गरिएको त्रिवि प्रशासनले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्