नेपाल प्रिमियर लिगमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनअन्तर्गत आज भइरहेको खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका छन्।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स अहिलेसम्म अपराजित रहँदै उत्कृष्ट लयमा देखिएको छ। खेलेका तीन खेलमध्ये दुई जित र वर्षाका कारण एक खेल रद्द भई ५ अङ्कसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा रहेको छ। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम र तेस्रो खेलमा पोखरालाई पराजित गरेको थियो भने चितवनसँग अङ्क बाँडेको थियो। अर्कोतर्फ, चार खेल खेलिसकेको जनकपुर बोल्ट्सले दुई जित र दुई हारसहित ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। जनकपुरले काठमाडौँ र पोखरालाई हराएको थियो भने कर्णाली र विराटनगरसँग पराजय ब्यहोरेको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्