वैज्ञानिकहरूद्वारा 'सेप्टोभर्स' को सूक्ष्म सङ्केत फेला
जेनेभा (सेर्न) — वैज्ञानिकहरूले प्रकृतिमा अहिलेसम्मकै सबैभन्दा सूक्ष्म स्तर—परमाणुभन्दा पनि १०० अर्ब गुणा सानो आकार—बाट सङ्केतहरू पत्ता लगाएका छन्। भौतिकशास्त्रीहरूले 'सेप्टोभर्स' (zeptoverse) उपनाम दिएको यो अत्यन्तै सूक्ष्म संसारसम्बन्धी अनुसन्धान क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको हो। स्विस-फ्रान्सेली सीमामा रहेको युरोपेली परमाणु अनुसन्धान संगठन (सेर्न) को विशाल 'लार्ज ह्याड्रन कोलाइडर' (LHC) मेसिनमा परमाणूहरू आपसमा ठोक्काएर गरिएको प्रयोगबाट यो सफलता हासिल भएको हो।
यस प्रयोगका क्रममा वैज्ञानिकहरूले 'ब्युटी क्वार्क' नामक उप-परमाणु कणको अन्तरक्रिया र विघटनको सूक्ष्म अध्ययन गरेका थिए। सेकेन्डको एक खर्ब भागको सानो अंशसम्म मात्र अस्तित्वमा रहने यो कणको सूक्ष्म व्यवहारले ब्रह्माण्डमा अदृश्य रूपमा रहेको 'कालो पदार्थ' (Dark Matter) को उपस्थिति र प्रभाव बुझ्न मद्दत पुर्याउनेछ। अनुसन्धान टोलीका प्रमुख डा. ह्यारी क्लिफका अनुसार यो खोजले ब्रह्माण्ड सञ्चालनको नयाँ र अझ पूर्ण सिद्धान्त विकसित गर्न तथा सूक्ष्म तहका नयाँ कणहरूको पहिचान गर्न ढोका खोलेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्