नेपाल राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर तय
काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको परिमार्जित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
यसैगरी, युरोपियन युरोको मूल्यमा पनि नयाँ दर तोकिएको छ। आजका लागि युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा केन्द्रीय बैङ्कले दैनिक रूपमा विदेशी मुद्राको आधिकारिक विनिमय दर तोक्दै आएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्