नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो
काठमाडौँ — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको छ। मूल्यमा आएको यस गिरावटसँगै आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार (हिजो) भने सुनको मूल्यमा ठूलो वृद्धि भएको थियो। अघिल्लो दिन एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजार र स्थानीय मागका आधारमा महासंघले निर्धारण गर्ने दैनिक मूल्य सूचीमा एकैदिन ठूलो उतारचढाव आएको देखिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्