Logo

एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्स भिड्दै

ललित सन्देश २०८३ कार्तिक २०, ७:०७ AM
एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्स भिड्दै

काठमाडौँ — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिम रोएल्सलाई ब्याटिङको निम्तो दिएका हुन्।

यस खेलका लागि दुवै टोलीले आफ्नो 'प्लेइङ-११' मा केही महत्त्वपूर्ण परिवर्तन गरेका छन्। कर्णाली याक्सले टोलीमा दुई परिवर्तन गर्दै जिशान आलमको ठाउँमा विस्फोटक ब्याटर डेभिड मिलर र युवराज खत्रीको स्थानमा देब्रेहाते स्पिनर सूर्य तामाङलाई पहिलो रोजाइमा मैदान उतारेको छ।

त्यस्तै, सुदूरपश्चिम रोएल्सले पनि आफ्नो टोलीमा एक परिवर्तन गरेको छ। सुदूरपश्चिमले विदेशी खेलाडी शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई आजको टोलीमा समावेश गरेको छ। महत्वपूर्ण अंक तालिकाको जोडघटाउका बीच सुरु भएको यस खेलमा दुवै टोली जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्