Logo

एनपीएलमा सन्दीप लामिछानेको शानदार ह्याट्रिक: पोखराका तीन ब्याटर लगातार पेभेलियन फिर्ता

ललित सन्देश २०८३ कार्तिक २६, ९:४० AM
एनपीएलमा सन्दीप लामिछानेको शानदार ह्याट्रिक: पोखराका तीन ब्याटर लगातार पेभेलियन फिर्ता

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औँ खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध शानदार ह्याट्रिक विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा सन्दीपले आफ्नो जादुमयी स्पिन बलिङको प्रदर्शन गर्दै पोखराको ब्याटिङ लाइनअप ध्वस्त पारेका हुन्।

खेलको १५ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले लगातार तीन बलमा तीन महत्त्वपूर्ण विकेट लिँदै आफ्नो ह्याट्रिक पूरा गरे। उनले ओभरको १४.३ बलमा युवराज सम्रालाई क्याच आउट गराउँदै विकेटको खाता खोलेका थिए। त्यसपछिको १४.४ बलमा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू धरापमा पारेका सन्दीपले १४.५ बलमा किरण ठगुन्नालाई पनि एलबीडब्ल्यू आउट गर्दै ऐतिहासिक ह्याट्रिक पूरा गरे।

घरेलु दर्शकको बाक्लो उपस्थितिमा सन्दीपले गरेको यो उत्कृष्ट प्रदर्शनले विराटनगर किंग्सलाई खेलमा बलियो पकड दिलाएको छ। दबाबको स्थितिमा कप्तान लामिछानेले लिएको लगातारको विकेटले पोखराको इनिङ्सलाई ठूलो योगफलतर्फ अघि बढ्नबाट रोकेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्