आइसिसी पुरुष टेस्ट वरीयताको शीर्ष १० मा पुग्ने पहिलो अफगानी खेलाडी बने रहमत शाह
काठमाडौँ — अफगानिस्तानका क्रिकेट खेलाडी रहमत शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट खेलाडी वरीयताको शीर्ष १० मा पुग्ने पहिलो अफगानी खेलाडी बनेका छन्। यो ऐतिहासिक सफलतासँगै अफगानिस्तानको क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ।
जिम्बाब्वेविरुद्धको टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै उनले महत्वपूर्ण रन जोड्न सफल भएका थिए। यस किसिमको उत्कृष्ट उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा अफगानी क्रिकेटको साख उच्च बनाउनुका साथै खेलाडीहरूको मनोबलमा समेत ठूलो टेवा पुगेको खेल विश्लेषकहरूको भनाइ छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्