सरकारी खरिदमा ढिलाइ हुँदा कैलालीका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य
कैलाली — सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि समयमै खरिद प्रक्रिया सुरु नगर्दा कैलालीका किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। चाडपर्व तथा हिउँदे बाली लगाउने समयका लागि तत्काल नगदको आवश्यकता परेपछि किसानहरूले बाध्य भएर स्थानीय व्यापारीहरूलाई सस्तो दरमा धान बेचिरहेका हुन्।
सरकारले मोटा तथा मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ। तर, सरकारी निकायबाट खरिद सुरु नहुँदा किसानहरूले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल ९१० रुपैयाँ कम अर्थात् सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्। वर्षभरि दुःख गरेर उत्पादन गरेको बालीको उचित मूल्य नपाउँदा किसानहरू प्रत्यक्ष आर्थिक मारमा परेका छन्।
स्थानीय बजारमा व्यापारीहरूले मनपरी मूल्य कायम गर्दा किसानको लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको छ। सरोकारवालाहरूले किसानलाई बिचौलियाको मारबाट जोगाउन तत्काल सरकारी काँटा सञ्चालनमा ल्याउन माग गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्