पुल निर्माण र सडक सुधारले मुगुका दर्जनौँ बस्ती लाभान्वित हुने, ऋणमोक्ष धामसम्मको बाटो बन्ने
मुगु — मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै स्थानीय सडक मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने उहाँले स्पष्ट पार्नुभएको छ।
उक्त २५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीय बासिन्दाहरूलाई आवतजावतमा ठूलै सहजता हुनेछ। यस योजनाले कोटिला र मुन्दु गाउँका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्