सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ — देशभर सडक दुर्घटनाको दर निरन्तर बढ्दै जानु अत्यन्तै चिन्ताको विषय भएको उल्लेख गर्दै नेपाली कांग्रेसले दुर्घटना जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाको सन्दर्भ जोड्दै कांग्रेसले दीर्घकालीन समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको हो।
कांग्रेसले उक्त कार्यदलमार्फत सडक सुरक्षाको वर्तमान अवस्था, सवारीसाधनको यान्त्रिक परीक्षण, चालकको जिम्मेवारी र समग्र यातायात व्यवस्थापन प्रणालीमा व्यापक सुधार ल्याउनुपर्नेमा जोड दिएको छ। भौगोलिक बनावटअनुसारका सुरक्षित सडक पूर्वाधार निर्माण र ट्राफिक नियमको कडाइका साथ पालना गराउन सके मात्र जनधनको क्षति रोक्न सकिने पार्टीको ठहर छ।
सरकारले यातायात क्षेत्रको बेथिति अन्त्य गरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउन विलम्ब गर्न नहुने भन्दै कांग्रेसले यस विषयमा तत्काल नीतिगत तथा व्यावहारिक पहल थाल्न आग्रह गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्