बाढीपीडितको पुनःस्थापनामा सरकारको अकर्मण्यताप्रति नेता केसीको कडा आलोचना
नुवाकोट — ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीबाट प्रभावित नुवाकोट र रसुवावासीको पुनःस्थापनामा सरकारले चरम ढिलासुस्ती गरेको भन्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा आलोचना गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका केसीले बिहीबार एक धारणा सार्वजनिक गर्दै बाढी आएको झन्डै तीन महिना बितिसक्दा पनि पुनर्निर्माणको ठोस कार्ययोजना सार्वजनिक हुन नसक्नु सरकारको अक्षमता र सुस्तताको उदाहरण भएको बताउनुभएको हो।
जाडोयाम सुरु भई चिसो बढ्दै जाँदा अस्थायी पाल र टहरामा बस्न बाध्य पीडितहरूको अवस्था थप कष्टकर बन्दै गएको उल्लेख गर्दै नेता केसीले तत्काल सुरक्षित आवासको प्रबन्ध मिलाउन माग गर्नुभयो। विपद् व्यवस्थापन सरकारको दया वा उपकार नभई नागरिकको संविधानप्रदत्त मौलिक अधिकार भएको स्पष्ट पार्दै उहाँले राहत र पुनःस्थापनालाई राजनीतिक स्वार्थको विषय बनाउन नहुने बताउनुभयो।
सरकारले पीडितको पीडालाई बेवास्ता गरिरहे नागरिकको आक्रोश सिंहदरबारसम्म पुग्ने चेतावनी दिँदै केसीले अकासिँदो मूल्यवृद्धि र दिशाहीन राष्ट्रिय राजनीतिले आम नागरिकमा चिन्ता थपेको र यस्ता समस्या समाधान गर्न नसक्नु सरकारको लाचारीपन भएको दाबी गर्नुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
7 घण्टा अगाडि
रसुवा–भोटेकोशी विपद्को उदाहरण दिँदै कोप–३१ मा नेपालद्वारा ‘लिभिङ सगरमाथा’ रणनीति प्रस्तुत
1 दिन अगाडि
टिप्पणी लेख्नुहोस्