राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु, उपचार प्रभावकारी
दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीहरूका लागि मुटु रोगको विशेषज्ञ उपचार सेवा अत्यधिक प्रभावकारी बन्दै गएको छ। यसअघि सामान्य तथा जटिल किसिमका मुटुसम्बन्धी समस्याको उपचारका लागि यस क्षेत्रका बासिन्दाहरूले अन्यत्र ठूला सहरहरूमा जानुपर्ने बाध्यता रहेको थियो।
प्रतिष्ठानमै अत्याधुनिक सेवा उपलब्ध भएपछि स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पाइने विश्वास बढेको छ। यस सेवाले विशेष गरी विपन्न तथा समयमै बाहिर जान नसक्ने मुटुका बिरामीहरूलाई ठुलो राहत पुर्याएको सरोकारवालाहरूले बताएका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्