Logo

चितवनका विद्यालय व्यवस्थापन समितिको ध्यान शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माण र नियुक्तिमा केन्द्रित

ललित सन्देश २०८३ कार्तिक २७, ७:०९ AM
चितवनका विद्यालय व्यवस्थापन समितिको ध्यान शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माण र नियुक्तिमा केन्द्रित

चितवन — चितवनका केही विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नुको साटो भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ। विद्यालयहरूको वास्तविक शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्लो समय जिल्लाभर अनुगमनलाई तीव्रता दिएपछि यस्तो तथ्य बाहिर आएको हो।

इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमनको कार्य सुरु गरिएको जानकारी दिनुभयो। अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई आफ्नो वास्तविक जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे स्पष्ट अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो।

विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन समितिले प्रशासनिक र भौतिक विषयमा मात्र नअल्झी पठनपाठनको गुणस्तर वृद्धिमा भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। इकाईले अनुगमनबाट प्राप्त विवरणहरू सम्बन्धित मन्त्रालय तथा विभागमा समेत पठाइसकेको जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्